७ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र खतरामा नभएको दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठीक नभएको बताए ।
‘गणतन्त्र खतरामा छैन,’दाहालको प्रष्टोक्ति थियो, ‘गणतन्त्रमा हामी एक यसै पनि छौं, तेसै पनि छौं ।’