|  

राप्रपाको प्रदर्शन बिजुलीबजार-बानेश्वरकेन्द्रित

०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बिजुलीबजार क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्ने भएको छ ।

काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राप्रपाले त्यसलाई परिवर्तन गर्दै एकै ठाउँमा केन्द्रित हुने भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि अब प्रदर्शन बिजुलीबजार-बानेश्वर क्षेत्र केन्द्रित हुने बताए । उनले भने, ‘सबै नेता कार्यकर्ता बिजुली बजार क्षेत्रमा जम्मा भएर बानेश्वरको एभरेष्ट होटेलतर्फ जम्मा हुन्छौं ।’

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको आफूहरुको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएका थिए ।  गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको जनाएको छ ।