०७ बैशाख, काठमाडौं । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ । कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ ।
कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ ।