|  

जब रोल्पामा ३ जना युवककले कुकुरलाई रुखमा झुड्याएर तड्पाई-तड्पाई मारे....

७ बैशाख, काठमाडौं ।  सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ ।

भिडियोमा एउटा कुकुरलाई रुखमा झुड्याएर तड्पाई–तड्पाई मारेको देखिन्छ । कालो रङको उक्त स्थानीय जातका कुकुरलाई उनीहरूले यसरी तड्पाउँदै मारेका हुन् । भिडियोमा तीन जना देखिन्छ । एक जना रुखमा चढेका छन्, अर्को एक जनाले भिडियो बनाएका छन् ।

घाँटीमा पासो लगाइएको कुकुर असह्य पीडाले छट्पटाउँदै डोरीबाट फुत्किने प्रयास गर्छ । कुकुरको छट्पटाहट देखेर युवाहरू निकै रमाइरहेको देखिन्छ । फगत मनोरञ्जनका लागि तिनीहरूले एउटा अवोध प्राणीको यसरी क्रुरतापूर्वक ज्यान लिएको प्रष्ट हुन्छ । यो भिडियो दुई दिनअघि सुन्दर परियार नामको टिकटक एकाउन्टमा अपलोड भएको थियो । उनीहरूले बिना कसुर उक्त कुकुरलाई झुड्याएर मारेको स्थानीयले बताएका छन् ।

रोल्पा जिल्लाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँको घटना हो यो । गत वैशाख ७ गते ती केटाहरूले कुकुरलाई झुड्याएर मारेको स्थानीयले जानकारी दिएका छन् ।

कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिने कृत्यमा संलग्न ३ जना मध्ये ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ । अर्का २० वर्षीय सुन्दर परियारको भने खोजी कार्य भइरहेको  प्रहरीले जनाएको छ । प्राम्भिक अनुसन्धान अनुसार कुकुरलाई मारेर खोलामा फालिदिएको भन्ने जानकारी पाइएको छ ।