०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ ।
उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । तर प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो । लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए ।
दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए । तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।