|  

परिणाम भोग्न तयार हुन सरकारलाई राप्रपाकाे चेतावनी

०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद दिपकबहादुर सिंहले पार्टीले निषेधित क्षेत्र तोडिसकेको दाबी गरेका छन् ।

बिजुलीबजारमा आएर राप्रपाका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सिंहदरबारबाटै आफू आएकाले सिंहदरबारको निषेधित क्षेत्र तोडेरै आएको बताएका हुन् । उनले अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही प्रक्राउ परेको पनि जानकारी दिए । उनले अब राप्रपाका नेताहरुलाई तत्काल नछाडे त्यसको परिणाम भोग्न तयार हुन सरकारलाई चेतावनीसमेत दिएका छन् । राप्रपाका नेता कार्यकर्ताहरु निषेधित क्षेत्र तोड्न नयाँ बानेश्वरतर्फ आएका छन् ।