|  

प्रहरी नियन्त्रणमा पुगेपछि लिङ्देनले भने- निरंकुश सरकारले गर्ने यही काम हो

०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको बताएका छन् ।

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीसहित राप्रपाका ३ नेतालाई सिंहदरबाट गेटबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेपछि प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए ।