|  

अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता पक्राउपछि राप्रपाको आन्दोलन स्थगित

०७ बैशाख, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको प्रदर्शन सकिएको छ ।

महामन्त्री विक्रम पाण्डेले बिजुलीबजारमा सम्बोधन गर्दै आजको आन्दोलन स्थगन भएको घोषणा गरेका हुन । उनले प्रदर्शन रोकेर सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई छुटाउने पहलमा लाग्ने बताए । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि अध्यक्ष एवं संसदीय दलका नेता लिङदेन, प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलगायत राप्रपा सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘अवस्था र व्यवस्था’ बदल्न भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।