०७ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको हो । निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि भोलि नै पेसी तोकिएको छ ।