०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल गरी सात जना रहेका छन् । नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।