|  

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छः उपप्रधानमन्त्री सिंह

०७ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् ।

आज काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए । उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गरे । उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताए । उनले भने, ‘राम्रो काम गर्न गाह्रो चाहीँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ । ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले ग¥यो भने सम्भव हुन्छ ।’

उपप्रधानमन्त्री सिंहले लुम्बिनीमा बनेको महाविहारले पर्यटकीय गतिविधिलाई बढाउन मद्दत पुग्ने बताए ।