०७ बैशाख, काठमाडौं । प्रर्दशनका क्रममा आज पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।
सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेकोमा साँझ रिहा भएका हुन् ।