|  

तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी

०७ बैशाख, काठमाडौं । उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर र डिनले पाएका छन् ।

उनलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते नियुक्त गरेका हुन । बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा. पवन शर्मा र कर्णालीमा डा. डबलबहादुर धामीले जिम्मेवारी पाएका हुन । पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन । उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ,‘उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।’