|  

रिहापछि राजेन्द्र लिङदेनले भने-हाम्रो आजको आन्दोलन सफल भयो

०७ बैशाख, काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनले करिब ४ घण्टापछि रिहा भएपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद । तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’

त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरेका छन् । आजको प्रदर्शनमा अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाहीसहित अन्य ७ नेता पक्राउ परेका थिए ।