८ बैशाख, काठमाडौं ।साताको कारोबारको दोस्रो दिन (सोमबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला तोलामा १२०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन मूल्य हालसम्मकै उच्च हो । यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।