बिहिवार २६ बैशाख, २०८२  | Thursday 8 May, 2025 

शंखरापुरमा श्रीमतीको ह#त्या, छोराछोरी घाइते, श्रीमान् फरार

८ बैशाख, काठमाडौं ।काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ ।

आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तला डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो ।

पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन्।

रिदम र संजिताको उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको थियो। थप उपचारका लागि त्यहाँबाट ट्रमा सेन्टर पठाइएको थियो। उनीहरूको हात र खुट्टामा चोट लागेको छ ।