|  

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ

८ बैशाख, काठमाडौं । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–१, कुन्छालका पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै १३ वर्षीया छोरीमाथि गत २८ चैतमा घरदेखि अन्दाजी ३–४ किलोमिटर पश्चिमतर्फ रहेको जङ्गलमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भनी पीडित किशोरी,  उनका आफन्त, वडाका जनप्रतिनिधि समेत भएर प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले बबुालाई पक्राउ गरेको हो ।