|  

भारतीय विद्युत मन्त्री नेपाल आउँदै

८ बैशाख, काठमाडौं । भारतीय विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।

मन्त्री खट्टर अरूण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि भालि (मंगलबार)  नेपाल आउने भएका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेविएन)को स्वामित्वमा रहेको एसजेविएन अरूण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपिडिसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको उल्लेख गरिएको छ । आयोजनाको अवलोकन गरी खट्टर बुधबार भारत फर्कने छन्।