०८ वैशाख, काठमाडौं । चैत १५ गतेमा तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन । प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित खुल्ला चौरमा राजावादीहरूले १५ चैतमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो ।