|  

पूर्व मिस नेपाल अस्मी विवाह बन्धनमा बाँधिइन् !

०८ बैशाख, काठमाडौं । पूर्व मिस नेपाल अस्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग लगनगाँठो कसेकी छन् । 

आज भएको उनीहरूको विवाह भेनु भने गोप्य राखिएको छ । विवाहमा दुवैको परिवार, आफन्त र साथीहरू सहभागी छन । बेहुला बेहुलीको पहिरनमा दुवै एकदमै खुसी देखिन्छन । विवाह समारोह बिहीबारबाटै सुरु भएको थियो । बिहीबार उनको मेहेन्दी समारोह आयोजना भएको छ ।

अस्मीले प्रेमी शशाङ्कलाल श्रेष्ठसँग २०८० साल पुस १९ गते इन्गेजमेन्ट गरेकी थिइन । अमेरिका बस्दै आएका श्रेष्ठसँग त्यहीँ पुगेर उनले इन्गेजमेन्टको घोषणा गरेकी थिइन । २०१६ मा मिस नेपालको उपाधि जितेकी उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन ।