०८ बैशाख, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा बुधबार मुम्बई जाने भएका छन् ।
क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेका हुन् । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ परेका उनी आइतबार साँझ हाजिर जमानीमा रिहा भएका थिए । बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनको लागि जबरालाई रिहा गरिएको हो ।