|  

दुर्गा प्रसाँईको बैंक खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

०८ बैशाख, काठमाडौं। दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँ फरार भएपछि उनको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरेकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट अपरेशन डाइरकेक्टर डा.अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकोमा उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ ।