|  

रुपन्देहीमा नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटियो

०८ बैशाख, काठमाडौं। रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ ।

१४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । अझै दुई बालक बेपत्ता छन् ।