०८ बैशाख, काठमाडौं। मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ।
आजको बैठकमा २० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गरेर निर्णय हुने बताइएको छ। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ। तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइसकेकी छिन्।