|  

स्वर्णिम वाग्लेसहितका नेताहरुले भेटे कारागारमै रविलाई

०८ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेसहितका नेताहरुले रुपन्देही कारागार पुगेर सभापति रवि लामिछानेलाई भेटेका छन् ।

आज पार्टीका नेता समेत रहेका व्यवसायी अर्जुन अधिकारीले स्थापना गरेको हक्काइडो नेपाल सेन्टरले आयोजना गरेको लुम्बिनी उद्यमी गोष्ठीमा गएका वाग्लेसहितका नेताहरुले सभापति लामिछानेलाई भेटेर पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । वाग्लेसहित मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, अनिलकेशरी शाहसहितका नेताहरुले लामिछानेलाई भेटर फर्केका छन्। बुटवलको सुप्रिम सहकारी प्रकरणमा अदालतमा रहेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलको आदेशमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।