९ बैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज (मंगलबार) नेपाल आउन लागेका हुन्। उनी चार्टर्ड विमानबाट मंगलबार बेलुका नेपाल आइपुग्नेछन् ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।