९ बैशाख, काठमाडौं । काठमाडौंमा आज सोमबारको तुलनामा बढी गर्मी हुनेछ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको थियो ।
आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको छ ।