|  

गलत स्वार्थसहित केही सञ्चार माध्यममा शिक्षामन्त्री बन्ने भनेर मिथ्या प्रचार भयोः अन्जान शाक्य

९ बैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छिन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उक्त स्थानमा डाक्टर शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।

उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरेकी छिन् ।

उनले आफू विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचारप्रसार नगरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘गलत स्वार्थसहित केही सञ्चार माध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

 

c