|  

कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा श#व फेला

९ बैशाख, काठमाडौं ।कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक शव फेला परेको छ ।

मंगलबार बिहान करिब ६ः४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।