|  

विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपालमा 

९ बैशाख, काठमाडौं । ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

उनी एनएसएल सिजन–३ को क्वालिफायर–२ हेर्न विशेष अतिथिको रूपमा नेपाल आइपुगेका आयोजकले जनाएको छ ।