९ बैशाख, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।