९ बैशाख, काठमाडौं । शिक्षक आन्दोलनका बीच कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ ।
सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।
उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’