|  

शिक्षक महासंघले भन्यो: सरकारले जेसुकै गरोस्, हामी पछि हट्नेवाला छैनौँ

९ बैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निणर्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षक पछि नहट्ने बताए ।

‘सरकारले जेसुकै गरोस्, हामी पछि हट्नेवाला छैनौँ । कक्षा १२ को परीक्षामा पनि सहभागी हुन्नौँ । सरकारले जसरी चलाए पनि चलाओस् । सरकारले जस्तोसुकै कारबाही गरे पनि ऐन जारी नभएसम्म पछि हट्दैनौँ,’ उनले भने ।

अध्यक्ष सुवेदीले आफूहरूसँग विगतमा भएका सहमति समेटेर ऐन जारी नभएससम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनका अनुसार, आन्दोलनको नयाँ मोडालिटीबारे छलफल हुँदै छ ।‘अब आन्दोलनको मोडालिटी कस्तो हुने भन्नेबारे आजै बैठक बस्दै छौँ,’ सुवेदीले भने ।