|  

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

९ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त रिटलाई संयुक्त इजलासमा पठाउने आदेश दिएको हो । रविले दायर गरेको उक्त रिटको छिनोफानो सर्वोच्चले अब संयुक्त इजलासमा सुनुवाइ तोकेर टुंगो लगाउने भएको छ ।

रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी निकिता पौडेलले यही आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।