०९ बैशाख, काठमाडौं । बलिउड फिल्म निर्देशक अनुराग कश्यपले आफुले दिएको विवादास्पद टिप्पणीका लागि माफी मागेका छन् ।
उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन, ‘रिसको आवेगमा कसैलाई जवाफ दिँदा मैले आफ्नो सीमा बिर्सिएँ र सम्पूर्ण ब्राह्मण समुदायको बारेमा नराम्रो बोलेँ । त्यो समुदाय जसका धेरै मानिस मेरो जीवनमा आएका छन, अझै पनि छन र धेरै योगदान पुर्याउँछन । आज उनीहरू सबै मबाट दुःखी भएका छन्। मेरो परिवार मबाट दुःखी छ। धेरै बुद्धिजीवी, जसलाई म सम्मान गर्छु, मेरो रिस र मेरो बोल्ने तरिकाबाट दुःखित छन् ।’
उनले अगाडि भनेका छन्, ‘म यो समाजसँग हृदयदेखि नै माफी माग्छु, जसलाई म यो भन्न चाहन्नथेँ, तर कसैको नराम्रो टिप्पणीको जवाफ दिँदै रिसाएर लेखेको थिएँ ।’
साथै उनले आफ्नो रिसलाई नियन्त्रणमा राख्ने र आफ्नो विचार व्यक्त गर्न सही शब्द प्रयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।