|  

माइतीघरमा शिक्षकहरुको नाराः ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ ?

९ बैशाख, काठमाडौं ।  शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म शिक्षकहरू आन्दोलनमा छन् ।

आज पनि सधैंको जस्तै शिक्षकहरू काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रका सडकमा भेला भएर सरकारविरूद्ध नाराबाजी पनि गरेका छन् ।

‘ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?, व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइयाछ, शिक्षा ऐन चाहियाछ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।यसबीच सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

आन्दोलनरत शिक्षकहरूले शिक्षा मन्त्री खोइ भन्दै प्रदर्शनसमेत गरेका हुन्।