०९ बैशाख, काठमाडौं । सुक्खा पहिरोका कारण नारायणगढ-बुटवल सडकखण्ड अन्तरर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् ।
दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो। त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।