|  

शिक्षामन्त्रीको राजिनामाबारे ओलीले भने- ‘धेरै ठूलो छ, शिक्षा मन्त्रालय,सजिलो पनि छैन’

०९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन्,‘धेरै ठूलो छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । अस्ति भर्खरै अप्रेसन पनि गर्नुभयो । त्यही भएर स्वास्थ्यको कारण राजीनामा दिएको देखाउनुभएको छ ।’
साथै उनले भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकामा असन्तुष्टि पनि जनाएका छन् ।