|  

नयाँ दलप्रति लक्षित गर्दै ओलीले भने- देशको नेतृत्व गर्ने जिम्मा दिन सकिँदैन 

०९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने बताएका हुन् । उनले राजनीति गर्नेहरुले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताए । उनले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताए । उनले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताए । प्रमुख पार्टीका रुपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई आग्रह गरे ।