०९ बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज साउदी अरबको भ्रमणमा निस्किएका छन् ।
साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उनले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्ने भनिएको छ । सन २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गरेका छन । सन २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उनको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उनको यो १५औँ भ्रमण पनि हो ।