|  

कक्षा १२ को परीक्षामा सहभागी हुन धम्की आयो : शिक्षक महासंघ

९ बैशाख, काठमाडौं ।  कक्षा १२ को परीक्षा प्रक्रियामा सामेल हुन राष्ट्रिय परीक्षा बोर्ड र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब दिएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै परीक्षा प्रक्रियामा सहभागी नहुन सम्पूर्ण शिक्षक विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेको छ ।