|  

ओलीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो : झलनाथ खनाल

९ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका हुन् । 

शिक्षकहरूको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताए . 

समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौँ शिक्षकहरूको मागलाई कुल्चिएर हिँडेको उनले बताए ।

त्यस्तै उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाई सत्तामा पुगेपछि बेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमन्ड गरेको तर्क गरे ।