|  

भारतीय ऊर्जा मन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

९ बैशाख, काठमाडौं । दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

मंगलबार  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र  भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।

दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यमा सहयोग पुर्याउने विश्वास लिइएको छ । 

Image

Image

Image