१० बैशाख, काठमाडौं । भारतको कश्मीरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ । हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन । यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । भारतको गुजरातबाट आएका एक प्रत्यक्षदर्शी पर्यटकले बताए अनुसार अचानक भएको हमलापछि आतंक मच्चिएको थियो ।
हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको स्रोतले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।
कास्मिर हमलापछि मोदीले दोषीलाई कानुनको दायरामा ल्याइने बताउँदै आतंकवादविरुद्ध आफू अडिग रहेको दोहोर्याएका छन् ।