|  

तोलामा साढे ७ हजार रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१० बैशाख, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा साढे ७ हजार रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैबीच आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।