|  

भारतीय विद्युतमन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

१० बैशाख, काठमाडौं ।भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् ।

उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ पुगेका थिए ।

 टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए ।