१० बैशाख, काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा मंगलबार दिउँदो भएको भएको आतंकवादी हमलाले विश्वलाई स्तब्ध बनाएको छ ।
द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) पाकिस्तानमा आधारित लश्कर–ए–तैयबाको एक शाखाले उक्त हमलाको जिम्मेवारी लिएको छ । उक्त हमलामा २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने २० भन्दा बढी घाइते भएका छन् ।
यो घटना २०१९ को पुलवामा हमला पछिको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ । आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।