|  

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध अवहेलनाको प्रतिवेदन

१० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी अपवाह फैलाएको भन्दै एक अनलाइनलाई अवहेलनामा कारवाही गर्नुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश भएको छ ।

सर्वोच्च अदालतमा कार्यरत नासु कमला रेग्मी र कम्प्युटर अपरेटर रमेश बजगाईंले ‘नेपाल पेन’ अनलाइनलाई अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।

उक्त मुद्दाको आज न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो नम्बरमा पेसी चढेको छ ।

उक्त अनलाइनले प्रधानन्यायाधीशले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भनी समाचार प्रकाशित गरेको थियो । यद्यपि उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।