|  

चीनविरुद्धको आयात कर उल्लेखनीयरूपमा घट्ने छः ट्रम्प

१० बैशाख, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा यू–टर्न गर्ने संकेत देखाएका छन् ।

उनले चिनियाँ वस्तुमा लागु भएको उच्च आयात कर उल्लेखनीयरूपमा घट्ने तर घटेर शून्य भने नहुने बताएका छन् ।मंगलबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले गरेका यी टिप्पणीले गत केही हप्तादेखि ट्रम्पले चीनविरुद्ध लिएको कडा रबैया कम गर्ने संकेत गरेको स्रोतले जनाएको छ ।

अमेरिकाले यसअघि चीनविरुद्ध आयात कर आश्चर्यजनकरूपमा १४५ प्रतिशत पुर्‍याएको थियो । ‘ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँगको प्रश्नोत्तर सत्रमा ट्रम्पले १४५ प्रतिशत आयात कर एकदम धेरै भएको बताए ।‘यो त्यति धेरै हुनुहुँदैन । यो अब त्योभन्दा धेरै तल हुनेछ । यो उल्लेखनीयरूपमा घट्नेछ । तर, शून्य हुने छैन,’ उनले भनेका छन् ।