|  

प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट

१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेट भएको छ ।

प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् । नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन १९९२ देखि सन २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए । 

कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् । ब्राजिलले सन २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।